शिक्षक संघको तेस्रो नगर प्रतिनिधि सभा सम्पन्न


माघ ३०, दैलेख
नेपाल शिक्षक संघ नारायण नगरपालिका नगरकमिटिको आयोजनामा तेस्रो प्रतिनिधि सभा शुक्रवार सम्पन्न गरेको छ ।
कार्यक्रम नेपाल शिक्षक संघ नगर समितिका अध्यक्ष शुसिल केसिको अध्यक्षतामा सम्पन भएको हो ।
तेस्रो नगर सभा कार्यक्रममको प्रमुख अथिति नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय सदस्य प्रभा सिजापतिको रहेकी थिइन ।
बिशेष अथिति शिक्षक महासंघ प्रदेश सदस्य गणेश उपाध्याय रहेका थिए ।
उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षकको पेशागत हकहितका बिषयमा आफ्नो धारण राखेका थिए । सभामा बोल्दै महिला संघकी उपाध्यक्ष सिता रानाले शिक्षकलाई आर्थिक संकलन गर्ने माध्याम मात्र पार्टीले बनाएको धारण राखेकी थिइन् ।
कार्यक्रममा शिक्षक संघ नगर कमिटीका कार्यवाहक अध्यक्ष शैलेस श्रेष्ठ लगायतका वक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार